आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

९ मोस्टवान्टेड पक्राउ, ४ को इन्काउन्टर

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४३८ पाठक संख्या

पौष २१ : २०१८ का इन्काउन्टर
नेपाल प्रहरीले आर्थिक वर्ष २०७४–७५ मा ४ मोस्ट वान्टेडलाई इन्काउन्टर ग¥यो । इन्काउण्टरमा साउन २१ गते सोमबार ११ वर्षीय बालक निशान खड्काको हत्या भएपछि दुई जना युवामाथि प्रहरीले इन्काउण्टर गर्यो । प्रहरी इन्काउन्टरमा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपालचोक कर्थलीका २३ वर्षीय अजय तामाङ मारिए । प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउन्टरका नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको आलोचना पनि भयो ।

त्यस्तै, युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्नता रहेको भन्दै प्रहरीले गुन्डा नाइके भनिएका मनोज पुनलाई फागुन ९ मा इन्काउन्टर ग¥यो । इन्काउन्टरमा उनीसँगै उनका सहयोगी सोम आले पनि मारिए ।

जघन्य अपराध
सन २०१८ मा अपराधका घटना भए पनि केहीले अत्यधिक चर्चा पाएका छन् । साढे ३३ किलो सुनकाण्ड, पूर्व राजदुत केशव झा हत्याकाण्ड, भक्तपुरमा बालक अपहरण र कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्याकाण्ड वर्षकै चर्चित घटना बने ।

–विमल खड्का

ठूला अपराधका घटनामा फितलो अनुसन्धान, प्रहरीकै संलग्नता र लापरबाही भनेर आलोचना हुँदा प्रहरी संगठनसमेत विवादमा तानियो । ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता र कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डमा प्रहरीकै लापरबाहीले अनुसन्धान फितलो मात्रै भएन, पीडितहरुले अझै न्याय पाएका छैनन् । त्यस्तै, भक्तपुरमा निशान खड्का अपहरणपछि हत्या भएलगत्तै जवाफी कारबाहीमा दुई अपहरणकारी मारिँदा पनि प्रहरीको आलोचना आयो । अघिल्लो वर्षको तुलनामा २०१८ मा अपराधको संख्यामा ग्राफ उकालो नै लागेको छ ।
आर्थिक वर्ष २०७४–७५ मा ७ हजार ४ सय १ जघन्य अपराधका घटना भएका छन् । जुन अघिल्लो वर्षभन्दा २२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ५ हजार ४ सय ४५ घटना भएका थिए ।

२०७४–७५ असारसम्मको तथ्याङक हेर्ने हो भने, लागूऔषधका ३ हजार ८८ मुद्दा अदालतमा दर्ता भएका छन् भने त्यससँगै बलात्कारका १ हजार ४ सय ८० मुद्दा दर्ता अदालतमा पुगेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । ‘तथ्यांक हेर्ने हो भने लागूऔषध र बलात्कारका मुद्दा धेरै छन् । तर ९७ प्रतिशत बढी सफलता मिलेको प्रहरीको दाबी छ । निर्मला पन्तको घटना हेर्दा ती सबै घटना ओझेलमा परेको प्रहरी प्रवक्ता सुवेदीले स्वीकार्नुहुन्छ । पछिल्लो असारदेखि कात्तिक मसान्तसम्ममा सबै भन्दा बढी लागूऔषध कारोबार र बलात्कारका घटना भएका छन् ।

सुवेदीका अनुसार, ३.२४ प्रतिशत अपराध अनुसन्धानमा असफलता मिलेको छ । बलात्कारका घटनामा प्रकृति हेर्दा बलात्कारीको मानसिकताका कारण बालिका बलात्कार हुने गरेकोे छ । बलात्कार गर्ने व्यक्ति पहिलेदेखिकै बलात्कारी नभई पछि उसको विकृत मानसिकताका कारण बलात्कारी बनेको पाइएको छ ।

बलात्कारका घटनाको तथ्यांकमा १५ वर्ष भन्दा तलका बालिका ६४ प्रतिशत भन्दा बढी बलात्कारको सिकार हुने गरेका छन् । फितलो कानुन कार्यान्वयन र जनचेतना कमीले बलात्कारका घटना बढेका छन् ।

आर्थिक वर्ष २०७५–७६ कात्तिकमसान्तसम्म लागूऔषधका ८ सय ४६, बलात्कारका ७ सय ६८, जबर्जस्ती करणी उद्योगका ३ सय १८ सहित जघन्य अपराधका २ दुई हजार ३ सय १० घटना भएका छन् ।

प्रहरीले ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ, खुन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागूऔषध, अपहरण, हातहतियार तथा खरखजाना, मानव बेचबिखन तथा ओसारपसार, जबर्जस्ती करणी र विष्फोटक पदार्थ छन् । सबै भन्दा बढी लागूऔषध र बलात्कारका घटना वृद्धि भएका छन् ।

चर्चित सुनकान्ड
साढे ३३ किलो सुनकाण्ड तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ जिल्ला अदालत मोरङको फैसलाअनुसार जेलमा छन् । उनीसँगै प्रहरीले अनुसन्धानक्रममा नेपाल एयरलाइन्सका ४ कर्मचारी, थाई एयरलाइन्सका ८ कर्मचारीसँगै ४८ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको ४८ मध्ये १९ जनालाई अदालतले धरौटीमा छाडेको छ ।

अदालतको आदेशले धरौटीमा छुटेका १९ प्रतिवादीमध्ये ५ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, ५ जना सम्पत्ति शुद्धीकरणमा र अन्य ९ जना मध्ये १ जना सादा तारेखमा र बाँकी ८ जना धरौटीमा छाडिएको जिल्ला अदालत मोरङले जनाएको छ ।

सुन प्रकरणमा समातिएकामध्ये मोरङ कारागारमा ५ र सुनसरी कारागारमा २२ जना थुनामा छन् । साढे ३३ किलो सुन प्रकरणमा मुछिएका भनिएका २९ जना फरार रहेको प्रहरीले बताएको छ ।

अन्य सुनकाण्ड सुन
प्रहरीको सक्रियातामा ठूलो परिमाण संख्यामा सुन बरामद भएको वर्ष हो सन २०१८ । विभिन्न भन्सार नाका तथा त्रिभुवन विमानस्थलबाट आर्थिक वर्ष २०७४–७५ मा एक क्वीन्टल ७१ केजी २ सय ७४ ग्राम ३ सय ३० मिलिग्राम सुन बरामद भयो । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, अवैधरुपमा विभिन्न देशबाट नेपाल भित्र्याउने तथा नेपालबाट अन्य देशमा पु¥याउनेबाट सुन बरामद हुने गरेको छ ।
वीरगन्ज, रसुवा नाका तथा त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रने भन्सार छलेको सुन नियन्त्रणमा लिन प्रहरीले सक्रियता बढाएको छ ।

मोस्ट वान्टेड
२०११ देखि २०१८ सम्म प्रहरीको मोस्टवान्टेड सूचीका फरार १८ अभियुक्त पक्राउ परे २०१८ मा । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई इन्टरपोलको सहयोगमार्फत विभिन्न देशबाट पक्राउ गरिएको हो ।

पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी २०१८ मा अपराधी पक्रन प्रहरी सफल भएको छ । फरार १८ मध्ये ९ अभियुक्तलाई इन्टरपोलमार्फत पक्रन सफल भएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

इन्टरपोलको सहयोगमा कतार, दुबई, चीन, कुबेत, भारतबाट फरार ९ अभियुक्त पक्राउ परे । अदालतको फैसलापछि ३२ अभियुक्त फरार छन् । प्रहरी अनुसन्धानक्रममा ३१ अभियुक्त फरार छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस