आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वाइडबडी अनियमिततामा मुछिएकालाई कारबाही माग

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४०२ पाठक संख्या

काठमाडौं ,पौष २१ :  संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणमा भ्रष्टाचार भएकाले त्यसमा संलग्न दोषीलाई प्रचलित कानूनअनुसार कारवाहीको माग गरिएको छ ।

राजधानीमा आयोजित एक अन्तरक्रियामा सार्वजनिक लेखा समिति, उपसमितिका सदस्यहरुले मुलुकको विकास र समृद्धिका लागि यस किसिमका भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सार्वजनिक लेखा समितिका सदस्य तेजुलाल चौधरीले उक्त प्रकरणमा भ्रष्टाचार भएको दावी गर्दै संसदीय उपसमितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाहीको सिफारिस गरिने बताउनुभयो ।

अर्का सदस्य विशाल भट्टराईले नेपाल वायुसेवा निगमले पछिल्लो पटक विमान खरिदमा अनियमितता भएको र बदमासी गर्ने जो कोहीलाई पनि कारवाही हुने बताउँदै त्यस घटनामा जोडिएका अन्य दोषीको पनि सुक्ष्म अध्ययन गरिने बताउनुभयो । प्रतिवेदनमा भएका भाषा लगायत त्रुटीलाई सञ्चाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री सञ्जय गौतमले उक्त प्रकरणमा अनियमितता भएका कारण आफूले सो विषयलाई संसदमा उठाएको कारवाहीको माग गर्नुभयो । उपसमितिका सदस्य चन्दा चौधरीले वाइड बडी प्रकरणको छानबिनका क्रममा विमान खरिदका लागि दिइएको रकमको बिल उपलब्ध नगराइएको, २४२ मेट्रीक टनको सम्झौता गरी २३० मेट्रीक टन ल्याउने प्रयत्न गरिएका लगायत कारणले अनियमितता पुष्टि भएको विचार व्यक्त गर्दै भ्रष्टाचारको अन्त्य गर्नका लागि दोषीलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस