आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनज्योति साकोसको ८औ बार्षिक साधारणसभा सम्पन्न

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ५०५ पाठक संख्या

बिदुर खडका
डुमरवाना, पौष २१ : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाको आफ्नै सभाहलमा सम्पन्न साधारणसभाको वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौलाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बर्तौलाले सामाजिक क्षेत्रमा सहकारीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका विशाल बराल, सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु अधिकारी, जनकल्याण मञ्चका धर्मानन्द पाध्य, पत्रकार बिदुर खड्का राम प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाबिच संस्थाले बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । संस्थाले उत्कृष्ट बिद्यार्थी, दैनिक बचतकर्ता, मासिककर्ता लगायत बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष हरि प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका लेखा समिति संयोजक राजकुमार पौडेलले गर्नुभएको संस्थाकी सदस्य हेमा कुमारी पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सचिव यज्ञ प्रसाद तिवारीले संस्थागत लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस