आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेरोइन र चरेससहित भारतीय पक्राउ

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३५३ पाठक संख्या

कपिलवस्तु  , पौष २३ : कपिलवस्तुको बुद्धभूमी नगरपालिका, गोरुसिंगेबाट लागुऔषध खैरो हेरोइन र चरेससहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारतको उत्तरप्रदेश थाना सोहोरतगढका २७ वर्षीय मुकेश चौरसियालाई आइतबार पक्राउ गरेको हो ।

गोरुसिंगे बजारबाट ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेससहित चौरसिया पक्राउ परेका हुन् । कपिलवस्तुको कृष्णनगरबाट युपी ५५ आर ७५२० नम्बरको मोटरसाइकलमा गोरुसिंगेतर्फ आउँदै गरेको अवस्थामा रोकेर खानतलासी गर्दा लागुऔषध फेला परेको थियो ।

प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार पक्राउ परेका चौरसियालाई लागुऔषधको मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

समाचार

प्रतिक्रिया दिनुहोस