आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मध्यरातमा डकैती, डाँकामाथि प्रहरीले चलायो गोली

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४४४ पाठक संख्या

काठमाण्डौं , पौष २३ : महोत्तरीको मनराशिषवा नगरपालिका-२ इटहर्वाकट्टीमा डकैती भएको छ। स्थानीय रामसेवक यादवको घरमा १०/१२ जनाको समूहमा गएको डाँकाहरुले मध्यरातमा डकैती गरेका हुन्। उनीहरुले ५ लाख बराबरको नगद र गरगहना लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घरमा डाँका लागेको सूचना पीडितका छिमेकीले फोन गरेर प्रहरीमा जानकारी गराएका थिए। सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय महोत्तरी, स्थानीय प्रहरी चौकी इटहर्वाकट्टीबाट गएको प्रहरी टोली घटनास्थल पुगेका थिए। प्रहरीले अवस्था नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेपछी डाँका समूह भागेका थिए।

‘घरको ढोका तोडेर डाँकाहरु घरमा पसेर लुटपाट गरे,’डीएसपी खड्काले भने,‘डाँका लागेको जानकारी पीडितका छिमेकीले हामीलाई दिए र त्यसपछि हामी घटनास्थल पुग्यौं।’ सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्की, प्रवक्ता एवंम डिएसपी खगेन्द्रबहादुर खड्कासहितका प्रहरीले टोली घटनास्थल पुगेका थिए। प्रहरीले डाँकाहरुको समूहलाई प्रकाउ गर्न सकेको छैन। डाँकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस