आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘प्रतिवेदन सच्याऊ, नत्र अनसन बस्छु’

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४२९ पाठक संख्या

काठमाडौं  , पौष २३ : प्रा.डा. गोविन्द केसीले आफुसँग भएको सम्झौताविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले प्रतिवेदन बुझाएको भन्दै प्रतिवेदन तत्काल सच्याउन माग गर्नुभएको छ ।

सोमबार बिहान पत्रकार सम्मेलन गर्दै डा. केसीले आफुसँग भएको सहमतिविपरित उपसमितिले आइतबार चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पेश गरिएकोमा आपत्ति जनाउनुभएको छ । उहाँले प्रतिवेदन नसच्याइए अनसन बस्ने चेतावनी समेत दिनुभयो ।

शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले आफुसँग सम्झौताअनुरुप नै विधेयक पारित हुने भनेकाले सत्याग्रह सारेको बताउँदै डा. केसीले यदि त्यसअनुरुप नभए सत्याग्रह सुरु गर्न आफु बाध्य हुने बताउनुभयो ।

समितिले आफ्नो पूर्ण प्रतिवेदन सोमबार संसदमा पेश गर्दैछ ।

समाचार

प्रतिक्रिया दिनुहोस