आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वाइडबडी अनियमितामा सचिव राईलाई ‘क्लिन चिट’

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४६३ पाठक संख्या

काठमाडौं , पौष २३ : चिनियाँ ठूला जहाज(वाइडबडी) खरिद अनियमितामा सार्वजनिक लेखा समितिले तत्कालीन पर्यटन सचिव प्रेम कुमार राई दोषी नभएको जनाएको छ ।

अहिले गृहसचिव हुनु भएका राई तत्कालीन अवस्थामा नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष हुनुहुन्थ्यो । अनियमितता अनुसन्धान भइरहेकै बेला सचिवलाई समितिले सोमबार ‘क्लिन चिट’ दिएको हो । उपसमितिकै प्रतिवेदन आधारमा सचिवलाई दोषी मान्न नसकिने समितिको ठहर छ ।

समितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र अहिलेका पर्यटन सचिव कृष्ण देवकोटालाई भने अनियमितामा दोषी देखाएको छ । लेखा समितिले जहाज खरिद गरिएको बेला मन्त्रालय अहिलेले गृहसचिव हुनु भएका राई तत्कालीन अवस्थामा पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव तचथा वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष रहेका राईलाई चोख्याएर अहिलेका सचिव तथा निगमका पदाधिकारीलाइ मात्र दोषी देखाएको छ ।

समितिले जहाज खरिदको बेलाका सचिवलाई जोगाएर अहिलेकालाई मात्र दोषी देखाएपछि त्यसले संसदीय समितिभित्रै विवाद हुने स्थिती  देखिएको छ ।

समाचार

प्रतिक्रिया दिनुहोस