आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसको विधानः ‘यदुवंशी विनासं नियति’

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३७१ पाठक संख्या

पौष २३ :

जब आठ सहमहामन्त्रीहरुका लागि खस महिलालगायतका हरेक जातजातिका महिलासमेतले आफ्नै श्रीमानविरुद्ध पनि उम्मेदवार हुने भनेर ८ सय बढीको उम्मेदवार भीड भनी ‘मसल’ प्रदर्शनमा ओर्लनेछन् । अनि त्यतिखेर कांग्रेस प्राधिकारका वौद्धिक मार्गदर्शक बनेका वुद्धिबेचुवा डा. रामशरण महत, प्रदीप गिरी आदि इत्यादिहरुले थाहा पाउनेछन् । कथित विधानबाट कसरी नयाँ द्वन्द्वको भड्खालोमा धकेलिएको छ ?

महाभारतको कृष्णकथामा ‘मुसल’को एउटा प्रसङ्ग आउँछ जो ‘यदुवंशी विनास’ को कारण हुन्छ । हुन्छ के भने कृष्णको पत्नी जाम्ववतीको छोरा साम्वलाई गर्भिणी स्त्रीको भेष बनाएर अन्तरयामी ऋषिको दुर्वासासामु ल्याएर यिनको गर्भबाट पुत्र या पुत्री के जन्म होला भनी सोधिन्छ । त्यस्तो कपटपूर्ण दुराचारबाट रिसाएर ऋषिले ‘यिनको’ गर्भबाट तिमीहरुको वंश नाश गर्न ‘फलामको मुसल’ जन्म होला भनेर श्राप दिनुहुन्छ ।

दुर्वासा ऋषि स्वयम् भगवान महादेवको अंश हुनु भएकाले श्राप खेर जाने प्रश्नै थिएन । जब साम्वको पेट खोलेर हेरियो त अजङ्गको ‘मुसल’ निस्कियो । मुसल घोटेर नदीमा फालिएको फलामका चूर्ण किनारमा आएर धरिलो पात भएको काँश उम्रियो । बचेको फलामको टुप्पो पनि ब्याधा(शिकारी) को वाणको विषालु टुप्पो भएको थियो ।

त्यसै नदी किनारमा वनभोज खान आएको आफ्ना वंशहरुलाई धारिलो काँसबाट आपसमा काटमार गरेर विनास भइरहेको उपरखुट्टाी लगाएर हेरिरहनु भएका कृष्णको बुढी औँलालाई मृगको कान भ्रम भएर ब्याधाको त्यसै वाणको शिकार भएर कृष्णको देहान्त हुन्छ । यसरी यदुवंशी विनास अध्यायले निष्पत्ति पाउँछ । कांगे्रसको हालै काठमाडौंमा सम्पन्न महासमिति बैठकले ल्याएको विधानले पनि उल्लेखित यदुवंशी विनासमा ‘मुसल’ले खेलेको भूमिकाजस्तै पार्टी सिध्याउन भूमिका खेल्नेछ भन्ने सन्दर्भमा यहाँ यति कथा

–रेवतीरमण सुवेदी

हालिएको हो ।

नेपाली कांग्रेसको प्राधिकार नेतृत्वले यसपटकको काठमाडौं महासमिति बैठकका नाममा पार्टीका १६ सय महासमिति सदस्यसँग ज्यादै नै कष्टपूर्ण दूराचार अवमूल्यन व्यवहार ग¥यो । पुसको जाडोमा चार दिनका लागि भनेर दार्चुलादेखि ताप्लेजुङसम्मका महासमिति सदस्यलाई बोलाएर विना मतलब दश दिनसम्म मुटु काम्ने जाडोमा ठिङ्गु¥यायो । कस्ता–कस्ता दुव्र्यवहार अवमूल्यन भन्ने सन्दर्भमा यसै स्तम्मको ६ पुषको आलेखमा आइसकेको हुनाले यहाँ धेरै जान चाहन्नँ ।

चारदिन भनिएको जाडोमा दश दिन ठिङ्गुरिनु परेकोलाई पनि थाहा पाएरै झेलिएको ठानेर दूराचार, दुव्र्यवहार, अपमान, अवमूल्यन नठान्न सकिन्थ्यो होला । मुख्य कुरा जुन तथ्य प्रष्ट हुन भनेर महासमिति सदस्यहरु दश दिनसम्म बर्फ जम्ने जस्तो जाडो(कहिल्यै घामको किरण नपुग्ने ट्राफिक प्रहरी र पार्टी अफिसको गोदाम र हल) मा ठिङ्गुरिन तयार भएका थिए । त्यो भने प्रष्ट हुन पाएनन् । झण्डै आठ दिनसम्म महासमिति सदस्यहरु २०७४ को निर्वाचनमा हारको मुख्य कारण र जिम्मेवारीता टुङ्गो लगाएर अगाडिको बाटो तय गरौँ भनेर चिच्याइचिच्याई उफ्रिरहे ।

बैठकको बन्दशत्रबाट बाहिर आएका समाचारअनुसार र केन्द्रीय प्राधिकार नेतृत्व र महासमिति सदस्यबीच मुड्की उठाउठ र माइक खोसाखोस पनि भयो । र, अन्त्यमा बडो नकच्चरो निर्लज्ज पाराले विजय गच्छदारले जबरजस्ती शेरबहादुर र रामचन्द्रको हात समाएर आकाशतिर उठाएर ‘हामी एक भयौँ’ भन्ने दूरासयपूर्ण कपट मञ्चन गरियो । साम्वले दुर्वासालाई कृतिम गर्भिणी देखाएजस्तै महासमिति सदस्यहरुलाई कृतिम एकता देखाइयो ।

कहिल्यै पालना नहुने र अहिलेको ज्वलन्त सवाल विनामतलवको बिधानका नामको ‘कलहको पुलिन्दा’ (मुसल) झोलामा हालेर महासमिति सदस्यहरु आक्रोशले निलो–कालो हुँदै मुर्मुरिएको अनुहार लिएर जिल्ला फर्किन विवश भए । आधाजति खर्च धान्न मुस्किल हुने महासमिति सदस्यहरु ट्राफिक प्रहरीको गोदामबाटै भागिसकेका थिए । दुर्बासा रिसाएजस्तै एउटा तथ्य जब एकहजार भन्दा बढी (१६ सय) ‘जनता’ एउटा लक्ष्य लिएर एक ठाउँमा भेला भइरहेका हुन्छन त, त्यतिखेर ‘जनार्दन’ भइरहेका हुन्छन् । यसैलाई ‘जनता जनार्दन’ भन्ने गरिएको हो ।

यो अर्थमा नेपाली कांग्रेसको केन्द्रीय प्राधिकार नेतृत्वले आफ्ना १६ सय महासमिति सदस्यहरुलाई भेडाबाख्रासरह पाँचतारे भतेरमा अल्मल्याएर जस्ताप्रकारले आपसी द्वन्द्व, जातजात र क्षेत्रक्षेत्रमा मात्र होइन कि घरघरमा भित्र्याउने ‘समावेशिता’ नामको जुन विधान अघि सारेको छ, त्यो उसका लागि त माथि उल्लेखित यदुवंशी विनासको कारण बनेको ‘मुसल’जस्तै हुने निश्चित नै छ । सम्पूर्ण राष्ट्रलाई नै द्वन्द्वको नयाँ भड्खालोमा पुर्याउने प्रायोजित छ । ‘परचक्रीको प्रायोजित’ भन्नुको अर्थ ‘भैँसीलाई पुराण’ हुने भएकाले त्यतातिर जान चाहन्नँ ।

मेरो यहाँ सन्दर्भ कांग्रेस सुध्रिनु, सिद्धिनु भन्दा पनि अर्को ठूलो खतरनाक नेपाललाई झनझन तल भसाउने डिजाइन, षडयन्त्रसँग छ । माओवादीको गैरसैद्धान्तिक जातीय, क्षेत्रीय, धार्मिक द्वन्द्वले आज तीन करोड पनि जनसंख्या न नाघेको नेपाललाई कुन भडखालोमा पु¥याएको छ भन्ने त सबैमा प्रत्यक्ष आत्मचेतना भइसकेकै छ । त्यसैको परिणाम आज एमालेमा विलय भएर त्यसका सुप्रिम नेता ‘कमरेड’ प्रचण्ड ‘मिस्टर प्रचण्ड’ भएका आमजागरणमा आउन अब धेरै समय कुर्न पर्दैन ।

‘एक मधेस, एक प्रदेश’ को नाराले पहाडे–मधेसीको खाडल खनेजस्तै माओवादीले उचालेको जातीय–क्षेत्रीय नाराले ‘चार जात ३६ वर्णको फूलबारी’मा कत्रो वैमन्यषता, द्वन्द्व बिजारोपण भएको छ । निर्दलकालमा पनि राजा महेन्द्रको मृत्युकालको ‘रौतहट घटना’ सम्मको अवस्था सम्झेर अहिलेलाई देख्दा–भोग्दा त आङ जुरुंग हुन्छ । यस सन्दर्भमा उल्लेखित ‘रौतहट घटना’ मननीय उदाहरणीय छ । पाठ सिक्न पर्याप्त छ ।

२०२८ मा तराईको रौतहटमा नेपालकै आजसम्मको इतिहासमा कहिल्यै नभएको दुर्भाग्यपूर्ण साम्प्रदायिक घटना भयो । राजा महेन्द्रको मृत्यु त्यसै शोकका कारण भएको भन्ने एकथरि मत इतिहासमा अभिलेख पनि पाइन्छ । खैर, महेन्द्रको मृत्यु त बिहान चार बजे भएको, बेलुका चार बजेसम्म पूरै शरीर हरियो भइसकेको थियो । त्यसबखत सापले टोकेको हल्लाले हत्या भन्ने पनि दसी प्रमाण मिल्न थालेका छन् । (यस सन्दर्भमा मेरो ‘प्रजातन्त्रका अथक योद्धा दीवाकर शर्मा’ पुस्तकमा आएको छ ।)

यहाँ त कालखण्ड दर्शाउन मात्र महेन्द्रको यति प्रसंग आएको हो । रौतहटको मुसाहा गाउँबाट जलिल मियाँ नाम गरेका मुसलमानले गाई काटेर बेचिरहेको भन्ने अफवाह फैलियो । हाम्रो हिन्दु परम्परामा गाईलाई माता (आमा) को संज्ञा दिएर पूजा गर्ने चलन छ । त्यस अफवाहले भयङ्कर साम्प्रदायिक दंगाको रुप लियो । जलिल मियाँलाई जिउँदै जलाइयो । घरमा आगो लगाइयो । मुसलमानले भेटे हिन्दुलाई, हिन्दुले भेटे मुसलमानलाई जिउँदै जलाउने त्यस दंगाले एक हप्ताभित्रमा २ सय ५० जनाको ज्यान गयो ।

जलिल मियाँको घरमा सरकारले नै आगो लगाएको भन्ने अर्काे अफवाहले दंगा उग्र र हिंस्रक हुन पुगेको थियो । त्यस दंगाको रापले छिमेकी जिल्ला बारा, पर्सालाई पनि पिल्साउनु स्वाभाविक थियो । बारामा ७ जना हिन्दुको मृत्यु भइसकेपछि पुलिस पुगे । त्यस घटनालाई लिएर जिल्लाका सिडिओ, डिएसपी खोसुवामा परे ।

त्रिलोकप्रताप राणाको अध्यक्षतामा विशेष अदालत गठन भएर अनुसन्धान भयो । दुवै घटना अफवाह (प्रायोजित) मात्र भएको पुष्टि भएपछि झण्डै तीन महिनाको अन्तरालमा सारा हिन्दु मुसलमानले आपसमा गला मिलाएर आपसी सौहार्दता सद्भाव प्रदर्शन गरे । सहभोज र पिकनिक (वनभोज) आयोजना गरे । त्यत्रो एक हप्तामा २ सय ५० जना मारिएको घटना केही नभएकोजस्तो भई सामसुम भयो ।

यस्तो सामाजिक सौहार्दता आज माओवादी र मधेसवादी आइसकेपछि कहाँ पुगेको छ ? नेपालका प्राडाहरु, नागरिक समाजका अगुवाहरु यस सवालमा किन लेख लेख्दैनन्, भाषण गर्दैनन् ? भोलिका पुस्ताले अवश्य खोजिनीति गर्नेछन् भन्ने पंक्तिकारको विश्वास छ ।

यो अर्थमा नेपाली कांग्रेसको केन्द्रीय प्राधिकार नेतृत्वले आफ्ना १६ सय महासमिति सदस्यहरुलाई भेडाबाख्रासरह पाँचतारे भतेरमा अल्मल्याएर जस्ताप्रकारले आपसी द्वन्द्व, जातजात र क्षेत्रक्षेत्रमा मात्र होइन कि घरघरमा भित्र्याउने ‘समावेशिता’ नामको जुन विधान अघि सारेको छ, त्यो उसका लागि त माथि उल्लेखित यदुवंशी विनासको कारण बनेको ‘मुसल’जस्तै हुने निश्चित नै छ । सम्पूर्ण राष्ट्रलाई नै द्वन्द्वको नयाँ भड्खालोमा पुर्याउने प्रायोजित छ । ‘परचक्रीको प्रायोजित’ भन्नुको अर्थ ‘भैँसीलाई पुराण’ हुने भएकाले त्यतातिर जान चाहन्नँ ।

आठदिन पुसको जाडोमा विनामतलब ठिङ्गुरिएर नवौँ दिनमा पाएको ‘विधान’ बारे एक महिला महासमिति प्रतिनिधि टिभीको पर्दामा भनिरहेकी थिइन्, ‘खस महिलाको हक विधानमा समेटिएको छैन । त्यसका लागि हामी अब पार्टीभित्र संघर्ष गर्छाैँ ।’ यो प्रतिक्रिया टिभीको पर्दामा हेर्दा कांग्रेसका डाक्टरसाहेब, वौद्धिक नेतृत्वहरुलाई कुनै संवेदना नभएको हुनसक्छ ।

तर जब आठ सहमहामन्त्रीहरुका लागि खस महिलालगायतका हरेक जातजातिका महिलासमेतले आफ्नै श्रीमानविरुद्ध पनि उम्मेदवार हुने भनेर ८ सय बढीको उम्मेदवार भीड भनी ‘मसल’ प्रदर्शनमा ओर्लनेछन् । अनि त्यतिखेर कांग्रेस प्राधिकारका वौद्धिक मार्गदर्शक बनेका वुद्धिबेचुवा डा. रामशरण महत, प्रदीप गिरी आदि इत्यादिहरुले थाहा पाउनेछन् । कथित विधानबाट कसरी नयाँ द्वन्द्वको भड्खालोमा धकेलिएको छ ? चेतना भया । अस्तु ।

बडो नकच्चरो निर्लज्ज पाराले विजय गच्छदारले जबरजस्ती शेरबहादुर र रामचन्द्रको हात समाएर आकाशतिर उठाएर ‘हामी एक भयौँ’ भन्ने दूरासयपूर्ण कपट मञ्चन गरियो । साम्वले दुर्वासालाई कृतिम गर्भिणी देखाएजस्तै महासमिति सदस्यहरुलाई कृतिम एकता देखाइयो । कहिल्यै पालना नहुने र अहिलेको ज्वलन्त सवाल विनामतलवको बिधानका नामको ‘कलहको पुलिन्दा’ (मुसल) झोलामा हालेर महासमिति सदस्यहरु आक्रोशले निलो–कालो हुँदै मुर्मुरिएको अनुहार लिएर जिल्ला फर्किन विवश भए । आधाजति खर्च धान्न मुस्किल हुने महासमिति सदस्यहरु ट्राफिक प्रहरीको गोदामबाटै भागिसकेका थिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस