आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाघको छाला र हड्डीसहित दुई पक्राउ

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४०५ पाठक संख्या

बाँके , पौष २३ : कोहलपुरबाट बाघको छालासहित दुईजना पक्राउ परेका छन् । प्रदेश नम्बर ५ ब्यूरोबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ११ बसपार्क उनीहरुलाई पक्राउ गरेको हो ।

बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय र प्रदेश नम्बर ५ को संयूक्त टोलीले बाघको छाला बरामद गरेको हो। उनीहरुसहित बाघको छाला एक थान र हड्डि फेला परेका छन् । पक्राउ पर्नेमा दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरी ढकाल रहेका छन् ।

उनीहरु अवैध निकासी कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुवै जनालाई बाँके राष्ट्रिय निकुञ्जमा बुझाउने प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले जानकारी दिनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस