आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सावोमीको Mi 8 Lite अब नेपालमा, यस्ता छन् फिचर

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ५२५ पाठक संख्या

काठमाडौं, पुस २३ :  सावोमीले नेपालमा Mi 8 Lite भित्राएको घोषणा गरेको छ । उक्त नयाँ मोडल सावोमीको फल्याग्सिप Mi 8 सिरिजको सबैभन्दा नयाँ मोडल रहेको छ जुन, सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटोग्राफी अनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखि तयार गरिएको छ ।

Mi 8 Lite मा आकर्षक ग्लास ब्याक प्यानलको साथमा अगाडि 24 MP Sony IMX576 sensor, Qualcomm Snapdragon 660 AIE SoC जस्ता विशेषताहरू रहेको छ जसले स्मार्टफोनबाट उत्कृष्ट तस्बिर तथा स्मार्टफोन अनुभव चाहनेहरूको जरुरत पूरा गर्दछ ।

सावोमी नेपालका कन्ट्री म्यानेजर, सौरभ कोठारी भन्छन्, “हामी नेपालमा Mi 8 Lite भित्राउन उत्सुक छौ । Snapdragon 660 SoC र उत्कृष्ट 24 MP Sony IMX576 सेन्सर् क्यामेरा रहेको Mi 8 Lite ले नेपालका Mi प्रेमीहरूको लागि साँच्चै सुपथ मूल्यमा उत्कृष्ट स्र्माट प्रविधिको जरुरत पूरा गर्नेछ । नेपाली बजार हाम्रो लागि निकै आवश्यक रहेको छ र हाम्रो मुख्य लक्ष्य ग्राहकवर्ग र नेपाली mi प्रेमीहरूको लागि उत्कृष्ट प्रविधि भित्राउनु रहेको छ ।”

प्रतिक्रिया दिनुहोस