आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेममा विछोड भएको छ ? गर्नुहोस् यी पाँच काम

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ४०९ पाठक संख्या

काठमाडाैं  , पौष २४ :  प्रेममा विछोड भएपछि अधिकांश यूवायूवती उदासीन हुने गर्दछन् । हुन त प्रेमवियोगको अवस्थामा को नै खुसी हुन सक्छ र ? केटा होस् या केटी, दुबैका लागि ब्रेकअप नमिठो र उदासलाग्दो हुने गर्दछ ।

विछोडको पीडालाई सहन नसकी कतिपयले आत्महत्यासम्म गर्ने गरेका घटना पनि हामीले सुन्दै आएका छौं । आफ्नो संवेगात्मक अवस्थालाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु हुने गर्दछन् । तर हरेक अवस्थामा संवेगात्मक नियन्त्रण गर्न सक्नु नै बुद्धिमानी हुने गर्दछ ।

यहाँ हामीसँग केही टिप्स पनि छन् जुन अपनाउन सकियो भने ब्रेकअपपछि पनि खुसी रहन सकिन्छ ।

१. साथीहरुलाई समय दिन शुरु गर्नुहोस् । यसले गर्दा तपाई आफ्नो खाली समयमा पूर्वप्रेमीसँगका विगतका क्षणहरु भुल्न सक्नुहुन्छ ।

२. सामाजिक सञ्जालमा साथी समूह (फ्र्याण्ड सर्कल) बढाउनुहोस् ताकि नयाँ मान्छेसँग तपाईको सम्बन्ध बढ्दै जाओस् ।

३. मनमा पूर्वप्रेमीका लागि जतिपनि रिस छ, त्यो सबै साथीहरुलाई बताइदिनुहोस् जसले गर्दा तपाई हल्का महशुस गर्नुहुनेछ ।

४. आफूलाई खुसी मिल्ने काममा मन लगाउनुहोस् ।

५. रमणीय ठाउँको भ्रमण गर्नुहोस् जसले गर्दा तपाईको तनाव कम हुनेछ र मन प्रसन्न रहनेछ ।

समाचार

प्रतिक्रिया दिनुहोस