आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक पत्रिका जो ७२ बर्षपछि बन्द भयो

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३६८ पाठक संख्या

साओ पाउलो , पौष २४ :  द साओ पाउलो शिम्बुन समाचारपत्र ७२ वर्षपछि  बन्द भएको छ । जापानी भाषाको सो पत्रिकाको अन्तिम छपाई सन् २०१९ को जनवरी १ मा भएको थियो ।

यो पत्रिकाले ब्राजिलमा रहेका जापानी नागरिकलाई सुसूचित गर्ने काम गर्दे आएको थियो । यो पत्रिका बन्द हुनुको कारण बिक्री घट्नु नै रहेको बताइएको छ । यसो हुनुको कारण सूचना लिने इन्टरनेट लगायतका माध्यम बढी हुनु हो ।

उक्त पत्रिकाका प्रमुख हेलेना मिजुमोतो भन्छन्, ‘‘यसको अनलाइन भर्सन चाँडै आउनेछ ।’’ साओ पाउलो शिम्बुन १९४६ मा दोस्रो विश्व युद्ध अन्त्य भए लगत्तै प्रकाशन शुरु भएको हो ।  मिजुमोतोले भने, ‘‘टेलिभिजन र इन्टरनेट आउनु भन्दा अघि त्यो पत्रिका पढ्नका लागि आप्रवासीहरुले खोजी गर्ने गरेका थिए । उनीहरु जापानीहरुले चलाएका उद्यम पत्ता लगाउनका लागि पनि त्यो पत्रिका पढ्ने गर्दथे ।’’

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा रहेका जापानीहरुले त्यो पत्रिकालाई पहिला निकै मन पराउने गरेका थिए । त्यसका केही पेज पोर्चुगिजमा पनि प्रकाशित हुने गरेका थिए । ‘‘सन् १९९० को दशक सम्म त्यहाँ रहेका जापानीहरुले साओ पाउलो शिम्बुनलाई नै सबै सूचनाको स्रोत मान्ने गरेका थिए । तर, त्यो क्रम इन्टरनेट र एनएचके जापानी समाचार च्यानल आएसँगै बन्द भयो,’’ ब्राजिल—जापान कल्चरल एलाइन्सका महासचिव इदुआर्दो नाकाशिमाले भने ।

८३ वर्षीय नोबुकाजु कानोमाता मसाज थेरापिष्ट हुन्, उनी युद्धपछि ब्राजिलमा आएका हुन् । उनले भने, ‘‘अब समुदायमा थोरै मात्रै मानिस रहे जो जापानी पढ्न जान्दछन् । र, यसमा साओ पाउलो शिम्बुनमा छापिने लेखको गुणस्तर पनि कमजोर भयो ।’’ ब्राजिलमा जापानको पहिलो आप्रवासी कसतो मारु पानी जहाजबाट सान्टोज बन्दरगाहमा सन् १९०८ को जुन १८ मा पुगेका थिए ।

त्यसपछि क्रमैसँग करिब २० लाख जापानीहरु त्यहाँ पुगे उनीहरुले त्यहाँ ब्राजिलका मान्छेलाई नयाँ खानेकुरा परिचय गराए । खेती गर्ने तरिका सिकाए । यसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिललाई कृषि क्षेत्रमा सुपरपावर बनाउन मद्त गरेको थियो । त्यसपछि नै  जापानीहरुले त्यहाँ पत्रिका प्रकाशन गरेकोमा अहिले बन्द हुन पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस