आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेता किम श्रीमतीसँग रेलबाट चीन

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) २६१ पाठक संख्या

काठमाडौं , पौष २४ :  उत्तर कोरियाली नेता किम जङ अन चिनियाँ राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा चीन भ्रमण गनुहुने भएको छ ।  किम जङ अनले चिनियाँ राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण शुरु गर्नुभएको छ ।

उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जाँदै गरेको भन्ने सोमबारको हल्लापछि यो समाचार आएको हो। किम जनवरी ७ देखि १० सम्म पत्नी रि सोल जुसँग चीनमा हुने समाचार एजेन्सी केसीएनएले जनाएको छ।

किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ताको लागि छलफल भइरहेका बेला किम चिनियाँ भ्रमणमा निस्कनुभएको हो ।

आफ्नो बख्तरबन्द रेलमा अन्य उत्तर कोरियाली नेताहरूसँग चिनियाँ भ्रमणमा गएका उत्तर कोरियाली नेता किमको यो एक वर्षभन्दा कम समयभित्रको चौथो भ्रमण हो। यसअघि उत्तर कोरियाको नेतृत्व गरेको ६ वर्षमा किमले चिनियाँ राष्ट्रपति सि जिन पिङलाई कहिल्यै भेट्नुभएको थिएन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस