आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली कामदार जापान पठाउने प्रक्रियामा बिचौलिया नराखिने

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३७२ पाठक संख्या

काठमाडौं , पौष २४ :  जापान सरकारले आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने आवश्यक तयारी तीब्र पारेको छ ।

तयारीकै क्रममा नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भेट वार्ता गरेका छन् ।

भेटका क्रममा राजदूत साइगोले कामदार लैजाने विषयमा आवश्यक विधि र प्रक्रियाको काम अघि बढिरहेको बताए । सो क्रममा मन्त्री विष्टले नेपाली युवा जापान जाँदा ठगी हुन बाट बचाउन कुनै पनि बिचौलिया राख्न नहुने विषयमा धारणा राखेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस