आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वैतनिक अधिवक्ता प्रहरी हिरासतमा

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ४६३ पाठक संख्या

मेलम्ची , पौष २४ :  जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उहाँमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिकोे जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ ।

खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने प्रहरीले दिएको नाम एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफैले लेखेर आफैले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ ।

हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस