आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रातो मच्छिन्द्रनाथ जात्रालाई भारतबाट आउँछ बेत

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ४९५ पाठक संख्या

ललितपुर  , पौष २४ :  रातो मच्छिन्द्रनाथको जात्राका लागि आवश्यक पर्ने बेत भारतबाट आउने गरेकाे छ । बेत स्वदेशमा नपाएपछि भारतबाट ल्याउनु परेकाे हाे  ।

जात्राका लागि आवश्यक सामग्री जुटाउँदा सबैभन्दा गाह्रो महावेत ल्याउन हुने गुठी संस्थान ललितपुरले जनाएको छ । भारतको आसामबाट महावेत ल्याइने गरिएको प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । बाँसको आयात–निर्यात गर्न नपाइने हुँदा भन्सारबाट ल्याउन सजिलो नभएको पाैडेलकाे भनाइ छ ।

‘जात्राका लागि वेत ल्याउन पाँच वर्षका लागि ठेक्का सम्झौता भइसकेको छ’, उहाँले भन्नुभयो, ‘हामीलाई  कुन वर्ष कति वेत चाहिन्छ भन्ने अनुमान गरेर भन्छौँ र ठेकेदारले ल्याउँछन्’ पहिलेपहिले डोरी पाउन कठिन भएपनि अहिले नेपालमा नै सहज रुपमा पाइने गरेको छ ।

जात्राका लागि काठ, वेत र डोरी चाहिने संस्थानले जनाएको छ । सहकालका देवता मानिने मछिन्द्रनाथको जात्रा उपत्यकाको सबैभन्दा लामो जात्रा हो । छ महीनासम्म चल्ने जात्राको तयारीमा कार्यालय वर्षभरी खटिने गर्दछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस