आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सभामुखले संसदलाई जवाफदेही बनाउन नचाहेको कांग्रेसको आरोप

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ४२२ पाठक संख्या

काठमाडौं  , पौष २४ :  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महराले सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन नचाहेको आरोप लगाएका छन् ।

कांग्रेसका सांसदद्धय ले आतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रश्न गर्न नदिएर सभामुखले  संसदलाई बनाउन गम्भिर नरहेको पुष्टि भएको दावी गर्नुभयो ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकारसँग कुरा गर्दै काँग्रेस सांसद बडुले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको वक्तव्यमाथि सांसदहरुले निर्बाध प्रश्न गर्न पाउने अधिकारलाई सभामुखले हनन् भएको बताउनुभयो । उहाँले संसदमा सरकारलाई जवाफदेही बनाउन र संसदीय मूल्य मान्यता अनुसार पनि सभामुखले प्रधानमन्त्री र मन्त्रीहरुसँग निर्वाध प्रश्न गर्न दिनुपर्ने पार्टीको अडान दोहोर्याउनु भयो ।

सांसद डिला संग्रौलाले प्रधानमन्त्रीसँग प्रश्न गर्ने अधिकार लत्याएको भन्दै सभामुख महराप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले संसद विपक्षको भएको उल्लेख गर्दै आफूहरु प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्था स्थापित गराउन लागिपर्ने बताउनुभयो।

जनता समाचार

प्रतिक्रिया दिनुहोस