आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नीति व्यवसायमैत्री नहुँदा पोल्ट्री व्यवसायीलाई समस्या

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ४८९ पाठक संख्या

काठमाडौं  , पौष २४ :  आधुनिक प्रविधि भित्राएर कुखुरा पालन व्यवसायमा अग्रसर गुणचन्द्र विष्ट नेपालको ’पोल्टी किंग’ भनेर समेत चिनिनु हुन्छ । उहाँ नेपाल पोल्ट्री उद्योग संघको अध्यक्ष हुनुहुन्छ । कुखुरामा मुलुक आत्मनिर्भर नीति मुुख्य कारक रहेको उहाँको भनाई छ ।

स्वामी कृष्णानन्द भारतीको नामले समेत परिचित अध्यक्ष विष्टले जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रम कर्पोरेट टकमा पछिल्लो समय प्रविधिको विकाससँगै पोल्ट्री व्यवसाय सफल बन्दै गएको बताउनु भयो । तर नीति व्यवसायमैत्री नहुँदा व्यवसायीले पटक पटक समस्यामा भोग्नु परेको उहाँको अनुभव छ ।

अध्यक्ष बिष्टले अबका दिनमा सरकारले  पोल्ट्री क्षेत्रलाई बढावा दिन कन्जुस्याई गर्न नहुने बताउनुभयो । रोजगारीको ठूलो हिस्सा वोकेको कुखुरा पालन व्यवसायलाई सरकारले प्रोत्साहन गरे  मुलुकको आर्थिक समृद्धि यात्रामा  समेत टेवा गुग्ने अध्यक्ष बिष्टको भनाई छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस