आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्नुस्’

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३९८ पाठक संख्या

काठमाडौं  , पौष २४ : प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिकरण नगर्न सचेत गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरु धरासायी भएको उल्लेख गर्दैै स्वास्थ्य विज्ञान प्रतिष्ठालाई राजनीतिक पीडित हुन नदिन पनि मातहतका निकायलाई कडा निर्देशन दिनु भयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । शिक्षण संस्थाहरुलाई जनताको साझा संस्थाको रुपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिष्ठानका कूलपति समेत रहनु भएका प्रधानमन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शीताको आवश्यक्ता आंैल्याउनुभयो । उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गालगायतका समस्या तत्काल समाधान गर्ने आश्वासन पनि दिनु भएको थियो ।

प्रतिष्ठानका उपकूलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय विघा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस