आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओली र देउवाबीच सुटुक्क सहमति, प्रचण्डले गरे खुलासा

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ५१३ पाठक संख्या

चितवन , पौष २४ : प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार बेलुका केही बिषयमा सुटुक्क सहमति भएको छ । यसअघिसम्म एक अर्कोलाई कटाक्ष गरिरहेका प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको सहमतिबारे अध्यक्ष

प्रचण्डले मंगलबार खुलासा गर्नुभएको छ ।

‘विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र विपक्षीसँगै अगाडि बढ्ने सहमति भएको छ’ जिल्ला समन्वय समितिको मंगलबारको  बैठकमा उहाँ भन्नुभयो, ‘सत्ता र प्रतिपक्षका नेताहरुले सोमबार त्यस्तो सहमति गरेको हो । तपाईहरु के नठान्नुहोला भने माथि खिचातानी छ कि भन्ने ? तर त्यसो होइन, प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने सहमति भएको छ ।’

जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न उहाँले सुझाव दिनुभयो । अध्यक्ष दाहालले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस