आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समाजमा रहेका बिकृती, बिसंगती अन्त्य गर्न र समाजको रुपान्तरणका लागि सस्थाको भुमिका महत्वपुर्ण रहेको पुर्व मन्त्रि पौडेलको भनाई

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ५८९ पाठक संख्या

सिमरा, पौष २४ : हाम्रो समाज जागरण अभियान बाराको छैठौं साधारण सभा आज सिमरामा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै पुर्व मन्त्रि एवम संस्थाका अध्यक्ष पुरुषोत्तम पौडेलले समाजमा रहेका बिकृती,बिसंगती अन्त्य र समाजको रुपान्तरणका लागि सस्थाको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । उहांले सस्ंथाले सन्चालन गरेको एफ एमका कार्यक्रम र सुचनालाई अझ प्रभाबकारी बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसैगरी कार्यक्रमा बोल्दै प्रदेस सभाका सदस्य सुन्दर बिकले सस्थाले सन्चालन गरेका कार्यक्रम प्रभाबकारी बन्दै गएको दाबि गर्नु भयो । कार्यक्रममा बोल्दै प्रदेस सभाका सदस्य सिता गुरुगंले महिला दलित, बिछडिएको क्षेत्रलाई टेवा पुग्ने गरी कार्यक्रम सन्चालन गर्न सुझाब दिनु भयो ।

सस्थाले बाराको सिमरामा रेडियो सिमरा ९१.२ मेगाहर्ज एफ एम, रेडियो सिमरा डट कम अनलाइन सन्चालन गदै आएको छ । समाज जागरण अभियान बाराका अध्यक्ष पुरुषोत्तम पौडेलको सभापतित्वमा सम्पन साधारण सभाले संस्थाको प्रगती प्रतिबेदन तथा आगामी कार्ययोजना र लोखा परीक्षण प्रतिबेदन पारीत गरेको छ ।

साधारण सभामा रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, संस्थाका सह सचिब भोला अधिकारी, देबनारायण चौधरी, एक बहादु श्रेष्ट, नारायण धिमिरे, राजकुमार अर्याल, ढुण्डि राज उप्रती, सुदशर्न कोइराला, सत्य श्रेष्ट, सिता अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस