आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकार प्रतिपक्षीप्रति उत्तरदायी भएनः खाँण

AuthorAP Khabar२०७५ पौष २५, बुधबार (५ साल अघि) ३५४ पाठक संख्या

काठमाडौं , पौष २५ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवातमै कांग्रेसका सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिनुभएको थियो । पुस २२ गते प्रतिनिधिसभा नियमावली सभामुखको अनुमति प्रधानमन्त्री तथा मन्त्रीहरुले बोलीसकेपछि सांसदहरुले समय माग गरेर बोल्न पाउने व्यवस्था छ । तर सदनमा बोल्नका लागि समय माग गरेपनि बोल्न नदिएकोप्रति उहाँको आक्रोश रहेको छ ।

सरकार प्रतिपक्षी सांसदप्रति उत्तरदायी नभएको उहाँको भनाइ छ । प्रतिपक्षले विरोध गर्दागदै सदन सञ्चालन गर्नु राम्रो नहुने उहाँले बताउनुभयो । मन्त्रीहरुले पनि सांसदले सोधेको प्रश्नको जवाफ नदिएको भन्दै उहाँले जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस