आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरी बलमा कार्यरतलाई नेपाल प्रहरी र सेनामा !

AuthorAP Khabar२०७५ पौष २५, बुधबार (५ साल अघि) ११४० पाठक संख्या

काठमाडौं , पौष २५ :  गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको रोकिएको बढुवालगायतका वृत्ति विकासको अवसर प्रदान गर्न सशस्त्र प्रहरी ऐन संशोधन प्रक्रिया शुरु गरिएको बताउनुभएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उहाँले बलमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका माग सम्बोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । ऐनका कारण केही समययता बढुवा रोकिएको भएपनि अब फुकाउँदै लैजाने गृहमन्त्री थापाको योजना छ ।

गृहमन्त्री थापाले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुलाई नेपाल प्रहरी र नेपाली सेनामा सरुवा गर्न मिल्ने/नमिल्ने विषयमा बहस शुरु भएको उल्लेख गर्दै त्यसलाई पनि छिट्टै निष्कर्षमा पु¥याउने प्रतिवद्धता पनि जनाउनु भयो । संसदीय समितिले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई तत्काल बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । प्रहरी बलको बढुवालगायतका वृत्ति विकास रोकिएको गुनासो आइरहेकाले समस्या विधिसम्मत ढंगले तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो । समितिले सशस्त्र प्रहरी बलको कामलाई प्रभावकारी बनाउने गरी नीति तय गर्न पनि सरकारलाई सचेत गराएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस