आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अण्डा दिन शुरु गरेको ३ महिनापछि ७ सय कुखुरा मरे

AuthorAP Khabar२०७५ पौष २५, बुधबार (५ साल अघि) २७६ पाठक संख्या

डोटी , पौष २५ :  कुखुरामा देखिने रानीखेत नामक रोगका कारण डोटीका एक व्यवसायीले लाखौँको क्षति व्यहोर्नुपरेको छ । दिपायल–सिलगढी नगरपालिका–५ पुन्नाका डिल्लीराज भट्टले शुरु गरेको पोल्टी फर्मका सबै कुखुरामा रानीखेतको असर देखिएको हो ।

भट्टको फर्ममा रहेका लेयर्स जातीका सात सय कुखुरा रोगका कारण मरेका छन् । अण्डा उत्पादनका लागि पालिएका कुखुराले ३ महिनाअघि देखिमात्रै अण्डा दिन शुरु गरेका थिए । अहिले १ हजार कुखुरामध्ये ३ सय मात्रै बाँकी रहेका छन् । तिनीहरु पनि बिरामी रहेका छन् ।

रोगको आक्रमण भएपछि उपचार सम्भव नभएकै कारण ठूलो क्षति व्यहोर्नुपरेको पशु चिकित्सकले बताएका छन् । डोटीको पुन्नामा अन्य किसानले पनि कुखुरा पालन गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस