आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झन् प्रगाढ बन्याे नेपाल–जापान सम्बन्ध

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ४८६ पाठक संख्या

काठमाडौं  , पौष २६ : नेपाल–जापान सम्बन्ध झन् भन्दा भन् प्रगाढ बन्दै गएको छ । नेपाल र जापानको वर्षौदेखि आत्मीय सम्बन्ध छ । जापानले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र संस्कृति लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

२०७२ साल बैशाख १२ गतेकाे भूकम्पले काठमाडौ उपत्यकसहितका १४ जिल्ला तहसनहस हुँदा जापानले नेपाललाई मनकारी ढंगले सहयोग गर्यो । भूकम्पपछि मुलुकको विकासमा सहयोग जुटाउन नेपालले आयोजना गरेको ‘लगानी सम्मेलन’मा विभिन्न मुलुकका प्रतिनिधि सहभागी भए । छिमेकी तथा सार्क राष्ट्रसहितका विभिन्न राष्ट्रले भूकम्पले भत्किएका संरचना पुननिर्माणमा ठूलै रकम सहयोग गर्ने वाचा गरे । अधिकाँश मुलुकका वाचा अहिलेसम्म उधाराे छ ।  त्यसरी गरिएको वाचा पूरा गर्नेमा जापान पहिलो बनेको छ ।

भूकम्पले क्षतविक्षत संरचना पुननिर्माणको साथै अन्य सहयोग आयोजना चलिरहेकै बेला जापानका विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गर्नु भएको छ । दुई दिनको लागि बुधबार नेपाल आउनु भएका विदेशमन्त्री कोनोले मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्नुभयो।

प्रधानमन्त्रीसँगको भेटवार्तामा द्विपक्षीय हितबारे विविध बिषयमा छलफल भएको छ । भेटवार्तामा २५अघि नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सहमति बनेको छ । नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्ने वातावरण छ । द्विपक्षीय परामर्श संयन्त्र निर्माण गरी नेपाली श्रमिकलाई जापानमा रोजगारीमा पठाउन दुवै मुलुकबीच सहमति भएको छ।

विदेशमन्त्री कोनो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा नेपाल आउनु भएको छ । विदेशमन्त्री कोनाको भ्रमणले नेपालको विविध क्षेत्रमा आगामी दिनमा जापानले गर्ने लगानी अझै फराकिलो बनाएको छ ।

दुई दिनदेखि नेपाल भ्रमणमा रहनु भएका विदेशमन्त्री कोनो फर्कनु भएको छ । उहाँ शुक्रबार फ्रान्सतर्फ प्रस्थान गर्नुभएको छ। मन्त्री कोनोलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगो र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभयो।

जनता समाचार

प्रतिक्रिया दिनुहोस