आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल बैंक संचालक अध्यक्षमा अधिकारी

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) २५१ पाठक संख्या

काठमाडौं  , पौष २६ :  नेपाल बैंक संचालक समितिको अध्यक्षमा वासुदेव अधिकारी नियुक्त हुनुभएको छ । अधिकारीलाई सरकारले यसै साता नेपाल बैंक संचालक समितिमा नियुक्त गरेको हो ।

अधिकारी लामो समयदेखि वित्तीय क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले नेपाल बैंकमा निर्देशक जिम्मेवारी समालिसक्नु भएको छ । समितिको सदस्यमा पूर्वसचिव दीपेन्द्रविक्रम थापा, सहसचिव हरिशरण पुडासैनी र डा उमाकान्त सिलवाल नियुक्त हुनु भएको छ ।

अधिकारीले शुक्रबार गभर्नर डा चिरञ्जीवि नेपालसँग शपथ लिनुभएको छ । शपथ लगत्तै उहाँले जिम्मेवारी समाल्नु भएको छ । अध्यक्ष अधिकारीले बैंकको अवस्था सुधार्ने आफ्नो मुख्य उदेश्य रहेको बताउनु भयो । ‘बैंककाे अवस्था सुधारेर यसलाई अन्य बैंकसँग प्रतिस्पर्धी बनाउने लक्ष्य छ’ उहाँले जनता समाचारसँग भन्नुभयो, ‘त्यसको लागि वित्तीय सुशासनमा जोड दिनेछु ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस