आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फुक्यो प्रहरीको गाँठो

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ६४२ पाठक संख्या

काठमाडौं  , पौष २६ :   प्रदेश संरचनापछि प्रहरीमा उत्पन्न हुन लागेको विवाद अब भने मत्थर भएको छ । मुलुक संघीय संरचनामा गएपछि संविधानले प्रदेशलाई छुट्टै संगठन बनाउन पाउने अधिकार प्रत्यायाेजन गरेको छ । त्यही अधिकार प्रयाेग गर्दै प्रदेश २ ले प्रहरी बनाउने तयारी गरेको छ ।

तर संघमा कानुन नबनाउँदा गृहमन्त्रालय अन्तर्गत रहेको नेपाल प्रहरीलाई कसरी बाँडफाँड गर्ने भन्ने टुंगो लागि सकेको छैन ।

संघमा कानुन नबन्दै प्रदेश २ ले छुट्टै प्रहरी फोर्स बनाउन लागेपछि त्यसले विवाद हुने संकेत देखिएको थियो । तर अब भने त्यो अन्त्य भएको छ । संघीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी संचालन सम्बन्धी विधेयक तयार पारेको छ ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले विधेयक तयार भइरहेको जानकारी दिनु भयो । ‘नेपाल प्रहरी र प्रदेश प्रहरी संचालन विधेयक संसदमा पवेश गर्न सरकारले स्वीकृति दिएको छ’ सञ्चार तथा सूचना प्रविधि विकास मन्त्री बाँस्कोटाले सरकरको साप्ताहिक निर्णयबारे जानकारी गराउन बिहिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस