आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ६०२ पाठक संख्या

काठमाडौं , पौष २६ :   नेपालीहरुको पर्व माघीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले पनि विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले माघेसंक्रान्तिका अवसरमा १ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो ।

बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस