आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पैसाले जोगिएन सम्बन्धः विश्वकै धनाढ्यको ‘डिभोर्स’

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ५७३ पाठक संख्या

काठमाडौं  , पौष २६ :   मन टुटेपछि पैसाको टेकोले मात्र नजोडिने रहेछ । तपाईंलाई आश्चर्य लाग्नसक्छ, अमेंजन कम्पनीका कार्यकारी प्रमुख जेफ बेजोस र उनकी पत्नी मैकेन्जी बेजोसले एक अर्कालाई डिभोर्स दिने भएका छन् । उनीहरुको विवाहको २५ वर्षपछि यस्तो दुखद खबर सार्वजनिक भएको हो ।

दुवैले ट्वीट गर्दै आफ्नो साझा धारणा सार्वजनिक गरेका छन् ।
बयानमा लेखिएको छ, ‘हामिले साथमा निकै लोभलाग्दो जिन्दगी बितायौँ, विवाह पछि भविष्यका लागि निकै सुन्दर सपना सजायौँ, असल माता–पिता र घनिष्ट साथिको रुपमा आ–आफ्नो भूमिका निर्वाह गर्यौँ जसमा हामी निकै खुशी थियौँ । लामो समयसम्म एक अर्काको साथ प्रेममा रहेपनि केही समयपछि आत्मीयता नरहेको अनुभव गरेपछि हामिले एक अर्कालाई डिभोर्स दिने निर्णय गरेका छौँ, हाम्रो साइनो फरक भएपनि राम्रो साथि रहिरहनेछौँ ।’

जेफकी पत्नी मैकेन्जी साहित्यकार हुन् । उनी ४८ वर्ष पुगिन् । हालसम्म उनले लेखेका २ वटा पुस्तक (सन् २००५ मा ‘आई द टेस्टिङ अफ लुथर’ र २०१३ मा ‘आई ट्रैप्शामिल) प्रकाशित भएका छन् ।

अघिल्लो वर्ष यस जोडीले एक च्यारीटी कार्यक्रम ‘द डे वन’को शुरुवात गरेका थिए । कार्यक्रमको उद्देश्य घरबार विहीनलाई सहयोग गर्ने र गरिब बालबालिकाका लागि विद्यालय निर्माण गर्नु थियो ।

हालै अमेजन कम्पनीले आफ्नो नाममा निकै ठूलो उपलब्धी हासिल गरेको थियो । अमेजन माईक्रोसफ्टलाई पछाडि पार्दै दुनियाँको सबैभन्दा मूल्यवान कम्पनी घोषित भएको थियो ।

५४ वर्षका जेफले २५ वर्षअघि अमेजन कम्पनीको शुरुवात गरेका थिए । ब्लुमवर्गको धनि व्यक्तिको सूचिमा जेफको नाम सबैभन्दा अगाडि आउँछ । उहाँसँग कुल १ सय ३७ विलियन डलर बराबरको सम्पती रहेको बताइएको छ । यो बिल गेट्सको भन्दा करिब ४५ विलियन डलर बढि हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस