आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगर क्षेत्रमा नौ सय छाउगोठ, भत्काउने अभियान शुरु

AuthorAP Khabar२०७५ पौष २७, शुक्रबार (५ साल अघि) ६२९ पाठक संख्या

काठमाडौं  ,  पुष २७ : सुदूरपश्चिमका पहाडी जिल्लामा मात्र नभई तराईका जिल्लामा समेत छाउपडी प्रथा व्यापक रुपमा देखिएको छ । छाउपडी प्रथाले हिंसात्मक घटनाहरु बढ्दै गएपछि छाउगोठ भत्काउने अभियान शुरु गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाले गतवर्ष गरेको लगत संकलनमा नगर क्षेत्रमा नौ सय छाउगोठ भेटिएको बताइएको छ । प्रथाले समाजमा महिलाहरु हिंसामा परेको भन्दै नगरपालिकाले पुस ६ गतेदेखि छाउपडी प्रथा उन्मूलन अभियान शुरु गरेको छ । अभियानअन्तर्गत घरदैलो, सचेतनालगायतका गतिविधि सञ्चालन भइरहेका छन् ।

छाउगोठ भत्काउने अभियानमा जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मीलगायतको सहभागिता रहेको समाचार आज प्रकाशित छ ।

समाचार

प्रतिक्रिया दिनुहोस