आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बसले च्यापेर विश्वासको मृत्यु

AuthorAP Khabar२०७५ पौष २७, शुक्रबार (५ साल अघि) ३७२ पाठक संख्या

दमौली  ,  पुष २७ : तनहुँमा शुक्रबार बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस