आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनहितले गर्यो चित्तलको बच्चालाई उद्धार

AuthorAP Khabar२०७५ पौष २८, शनिबार (५ साल अघि) २६२ पाठक संख्या

AP डेस्क

जीतपुर, पौष २८ : जनहित उपभोक्ता समितिले शनिवार एक चित्तलको बच्चालाई उद्धार गरी पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधारभार बुझाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित तराई यातायात ब्यवसायी संघको कार्यालय भएको टोलमा सो बच्चा प्रवेस गरेको थियो । 

गाँउमा चित्तलको बच्चा प्रवेस गरेपछि तत्काल सोहि स्थानमा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र अन्तरगत रहेको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलालल श्रेष्ठ सहित समितिका पदाधिकारीहरु पुगी बच्चाको उद्धार गर्न सफल भएका हुन् । 

चित्तलको बच्चा गाँउ प्रवेस गरेको कुरा स्थानियहरुले उहाँहरुलाई जानकारी गराएको अध्यक्ष श्रेष्ठले एपि खबरलाई जानकारी दिनुभएको छ । लामो समयदेखि यो संस्था बन तथा बन्यजन्तुको संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस