आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परोपकारी संस्थाद्धारा विपन्न परिवारलाई कम्बल वितरण

AuthorAP Khabar२०७५ पौष २८, शनिबार (५ साल अघि) ३६८ पाठक संख्या

AP डेस्क

जीतपुर, पौष २८: बाराको जीतपुरसिमरा उपमहानगरपालिका ८ मा गरीब तथा विपन्न परिवारलाई परोपकारी संस्थाले कम्बल वितरण गरेको छ ।

विपन्न परिवारमा शिक्षा र चेतना फैलाउने उद्धेश्यका साथ गठित यस संस्थाले तराईमा पर्ने जाडो र त्यसबाट हुने वानविय क्षतीलाई कम गर्ने क्रममा बारामा शनिवार करिब तिन स्थानमा एक सय १६ घर धुरीलाई वितरण गरीएको हो ।

यस भन्दा पहिला सिरहाको दुई गाँउपालिकाको एक सय दश गरीब परिवारमा कम्बल वितरण गरेको संस्थाका अध्यक्ष तिर्थराज प्याकुरेलले जानकारी दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनि बस्ने प्याकुरेल हाल देशको राजधानि काठमाडौँ बस्दै आएको र एक जना बच्चाको उपचारको क्रममा शुरु गरीएको अभियानलाई निरन्तरता दिदै आएको उहाँले जानकारी दिनुभएको छ ।  

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कम्बल वितरण औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चौधरीले संस्थाको स्लोगन बोलेर होईन गरेर देखाउ भन्ने रहेको प्रति मुक्तखण्डले प्रसन्सा गर्नुभएको थियो । उहाँले नगरको विकासका लागि यस्तो सहयोगी संस्थाको भुमिका अपरिहार्य रहेको बताउदै विकासको कामका लागि जनताले बनाएको योजना आफुसंग सोझै आएका छलफल गर्न आग्रह गनुभयो । 

कार्यक्रममा संस्थाका रेमश सापकोटा, दिपेश पराजुलि, उमेश पराजुलि रामरिझन यादब लगाएत रहेका त्यहाँका स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस