आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न ४ सय ६५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण

AuthorAP Khabar२०७५ पौष २८, शनिबार (५ साल अघि) ३१२ पाठक संख्या

AP संवादाता

मनहर्वा, पौष २८ :  जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आफ्नो १६ औं स्थापना दिवसका अवसरमा शनिबार निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ ।  

जीतपुरसिमरा उपमहानगरपालिका १७ को रामनगर स्थीत नेपाल राष्टिय माध्यमिक विद्यालय रघुनाथपुर परिषरमा आयोजित शिविर ४ सय ६५ जनाले आफ्नो स्वास्थ्प परिक्षण गराएको संस्थाले जनाएको छ । 

ग्रामिण सदस्यहरुलाई नियमित रुपमा स्वास्थ्य परिक्षण गरि संभावित ठुला रोगबाट बच्न अभिप्रेरित गर्ने उदेश्यले शिविरको आयोजना गरिएको  आयोजक संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिईन ।

शिविरमा चर्म, हाडजोर्नी तथा नशा स्त्री रोग र बाल रोगका विरामी एवं गरिब, विपन्न समुदायका रोगीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको खड्काले जानकारी दिईन् । 

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रंजन कुमार झा, स्त्री रोग विशेषज्ञ डा. रुबीना ताम्राकार गुरुङ्ग, चर्म रोग विशेषज्ञ आर.पि. जैसवाल , बाल रोग तथा जेनेरल फिजीसियन डा. रविन्द्र सिंह र पिजीसियन  दयानन्द आर्याले शिविरमा विरामिको उपचार गर्ने गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको केन्द्र जीतपुरबाट करिब १५ किलो मिटर पूर्वमा रहेको रामनगरमा गरिएको शिविरमा १२६ जना हाडजोर्नी/ नशाका, १४७ जना चर्म रोगीको संख्या पाईएको शिविरमा सहभागी डा. रविन्द्र सिंहले जानकारी दिए । 

त्यस्तै शिविरमा बालबालिका २३ , ६० स्त्री र १०९ जनाले परिक्षण गरियो । खानपान र सरसफाईमा ध्यान नदिने कारण ग्रामिण क्षेत्रका रोगीको संख्या बढेको सिंहको भनाई छ । महिलामा पाठेघरको संक्रमण देखुनुका साथै केहीमा सेतो पानी बग्ने जस्ता समस्या पाईएको स्त्री रोग विशेषज्ञ डा.रुबीना ताम्राकार गुरुङ्ग जानकारी दिइन् ।   

अशुद्ध पानी, मिसावट यूक्त लेत, विषदी यूक्त खानपानले विभिन्न्न रोगसँगै हाईब्लडप्रेसर, सुगर, मधुमेह जस्ता दिर्घरोगीको संख्या समेत अधिक बनाए डा.सिँहको भनाई थियो । जीतपुरसिमरा उपमहानगरपालिका १७ र एभरग्रिन तराईसिमरा हस्पिटलको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।  

स्वास्थ्य परिक्षण शिविरको उद्घाटन् जीतपुरसिमरा उपमहानगरपालिका १७का अध्यक्ष नवराज खड्काले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस