आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बुद्धको ३ वटा मुर्तिसहित एक पक्राउ

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ३७३ पाठक संख्या

काठमाडौं , पौष २९ :  प्रहरीले पुरातात्विक महत्वको ३ वटा बुद्धको मुर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले सिन्धुलीको मरिन–६ घर भइ हाल सामाखुशी बस्दै आएका ३९ वर्षीय दिलबहादुर ल्योलाई पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार स्वयम्भु, सीतापाइला र भगवानपाउ क्षेत्रमा मुर्तिको अवैध बेचविखन र कारोबार हुँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको बताए ।

बोगटीका अनुसार उनले झोलामा लुकाएर मुर्ती ल्याएका थिए । उनले कहाँबाट त्यो मुर्ति ल्याएका हुन् भन्ने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस