आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गोपाल सेवा समितिको अध्यक्षमा कमलकुमार

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ६२४ पाठक संख्या

काठमाडौं , पौष २९ :  नेपालको सम्पूर्ण यदुवंशीहरुको एकता गर्ने उद्देश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरिएको छ । शनिबार संघीय राजधानी काठमाडौंमा एक समारोहका बीच गोपाल सेवा समितिले उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको उपस्थितिमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

शनिबार सम्पन्न भेलाले चयन गरिएको २१ सदस्यीय कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः कमलकुमार यादव, मञ्जुकुमारी यादव र विजय यादव छन् । यसैगरी, कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेश प्रसाद.यादव, सह–सचिवमा सुजितकुमार यादव, महिला सदस्यहरुमा अञ्जुला यादव र सुनिता कुमारी यादव रहेका छन् । सदस्यहरुमा नन्दकिशोर यादव, एम.पीयादव, सुशिलकुमार यादव, शिवशंकर यादव, अरुण कुमार यादव, सुक्देव यादव रहेका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा श्यामकिशोर यादव, विनोद कुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेश कुमार यादव रहेका छन् । स्वास्थ तथा जनससंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा नयाँ कार्यसमितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पेशामा आवद्ध रही उपत्यकामा बसोवास गर्दै आएको १ सय ५० भन्दा बढि यदुवंशीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्वमन्त्री डा.डम्बरनारायण यादव, डा.सुरेन्द्र यादव र रेखा यादवको उपस्थितिका बीच गोपाल सेवा समितिको केन्द्रीय अध्यक्ष कौशल यादवको सभापतित्वमा सम्पन्न भएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस