आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोश्रो स्व.महमुद आलम स्मृति क्रिकेट टुर्नामेंटको फाईनलमा कलैया बिजयी

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) १९७२ पाठक संख्या

AP डेस्क
जीतपुर, पौष २९  : स्वर्गीय महमुद आलम स्मृति खेल २०७५ क्रिकेटको फाईनल कलैयाले जीतेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा न २४ स्थित हरपुरमा रहेको स्वर्गीय महमुद आलम स्मृति खेल पार्कमा आयोजीत यस प्रतियोगितामा आयोजक टिम हरपुरलाई ४ रनले पराजीत गर्दै युवा यात्रा क्रिकेट क्लब कलैयाले जीत निकालेको हो ।
आईतवार भएको फाईनल खेलमा हरपुरले टस जितेर फिल्डीङ्ग रोजेको थियो । टस हारेर ब्यटिङ्ग पाएको युवा यात्रा क्रिकेट क्लब कलैयाले २० ओभर खेल्दै एक सय १७ रन बनाएको थियो ।

एक सय १८ रनको लक्ष्य पुरा गर्न मैदानमा उतरेका आयोजक क्लब हरपुर सबै ओभर खेल्दै ९ विकेटमा एक सय १३ रनमात्र बनाउन सफल भएका थिए । खेलमा सबै भन्दा राम्रो खेल प्रदर्शन गर्न कलैयाका खालिद हवारी यस खेलका मैन अफ दि म्याज घोषित भएका छन् । उनले ४२ बलमा ४३ रन बनाएर आफ्नो क्लबलाई जीत निकाल्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । यसैगरी हवारीलाई म्यान अफ दि सिरिज समेत घोषित गरीएको थियो ।

खेलका विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथी जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले सिल्ड सहित नगरद राशीले पुरस्कृत गरेका थिए । खेल पश्चात आयोजीत औपचारीक कार्यक्रममा पुरस्कार वितरण गर्दै नगरप्रमुख डा. पौडेलले जीतपुरसिमरामा खेलको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

खेलमा विजेतालाई सिल्ड र नगद १० हजार, उप–विजेतालाई सिलड र नगद ५ हजार पुरस्कार दिइएको थियो ।

इरफान अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व जीतपुर गाविस अध्यक्ष तथा नेकपा नेता देवनारायण चौधरी, महमुद आलम फाउंडेशनका अध्यक्ष तथा नेकपाका युवा नेता ई. मोबिन आलम, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष इलियास देवान, सोबराती अंसारी, भोला अंसारी, अंसारुल अंसारी, बिकास यादव, रामजीवन साह, लालबाबु अंसारी, कसिरन खातुन लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व प्रस्टोका उपाध्यक्ष कलामुद्दीन अंसारीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस