आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘सामाजिक रुपान्तरणका लागि प्रगतिशील पत्रकारिता’

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) ५०६ पाठक संख्या

काठमाडौं  , पौष ३० : जनता प्रसारण तथा प्रकाशन लिमिटेडका कार्यकारी निर्देशक डा. रमेश पौडेलले समाजले प्रगतिशील पक्षलाई जोड दिने भएकाले सामाजिक रुपान्तरणका लागि पत्रकारिता पनि प्रगतिशील बन्नुपर्नेमा जोड दिनुभएको छ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो जनता ८९.१ मेगाहर्जको आयोजनामा भएको ४ दिने ‘आधारभूत प्रशारण पत्रकारिता कार्यशाला तथा प्रशिक्षण’को समापन कार्यक्रममा बोल्दै उहाँले सत्य, तथ्य र निष्पक्ष सूचनाको सम्प्रेषणमा जोड दिनुपर्ने बताउनुभयो । पत्रकारले समाज परिवर्तनको संवाहक हुन सक्नुपर्नेमा जोड दिँदै पौडेलले रातोलाई रातो र कालोलाई कालो नै भन्न सक्नुपर्ने बताउनुभयो ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा कार्यरत २५ जना सहभागी कार्यशालामा वरिष्ठ पत्रकारहरु शिव गाउँले, कपिल काफ्ले, रघु मैनाली, घमराज लुइँटेल, लक्ष्मण हुमागाईं, माधव कार्की, कीर्ति भट्टराईलगायतले प्रशिक्षण दिनुभएको थियो । समापन समारोहमा सहभागी सञ्चारकर्मीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस