आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँच तारे होटलमा आक्रमण, ६ को मृत्यु

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ३३६ पाठक संख्या

काठमाडौं , माघ २ : केन्यास्थित एक पाँच तारे होटलमा गएराति सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । केन्याको राजधानी नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको डुसिटडी टू होटलको परिसरमा अन्धाधुन्ध गोली प्रहार तथा बिस्फोट भएको हो ।

सोमालियाको बिद्रोही समूह अल–शबाबले आक्रमणमा आफूहरुको संलग्नता रहेको बताएको छ । अहिले भवन पूर्णरुपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

समाचार संस्था रोयटर्ससँग शव गृहका एक कर्मचारीले १४ जनाको शव देखेको बताएका छन् । आक्रमणमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस