आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ३९८ पाठक संख्या

दाङ , माघ २ :  अस्पताल सुधार तथा पेशागत सुरक्षाको माग गर्दै आन्दोलनरत कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् कर्मचारी संघर्ष समितिको आहृवानमा प्रतिष्ठानको केन्द्रीय कार्यालयमा बुधबार बिहान तालाबन्दी गरिएको हो । कर्मचारीहरुले इमर्जेन्सी, प्रसूति सेवाबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्नुपर्ने, करार सेवाका कर्मचारी र चिकित्सकलाई हटाउन नपाइने, साउनदेखि रोकिएको तलब दिनुपर्ने लगायतका आठ बुँदे माग राखेर  आन्दोलन गर्दै आएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस