आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कपिलको ‘शो’मा महिलामाथि दुर्व्यवहार : भनिन्–‘म बुवासँग आएकी छु’

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं , माघ २ :   कपिल शर्माका समर्थक वा शुभेच्छुकका लागि एउटा दुःखको खबर छ । भारतीय कमेडियन कार्यक्रम ‘द कपिल शर्मा शो’ बाट चर्चित भएका शर्मा प्रायः नयाँ-नयाँ समस्याको साथमा मिडियामा आइरहन्छन् ।

अहिले ‘स्टैंड अप कमेडियन’ कार्यक्रममा व्यस्त रहेका शर्मालाई बलिउड स्टार सलमान खानले ‘द कपिल शर्मा शो’ पुनः सञ्चालनमा ल्याउन पुरा सहयोग गरेका छन् । सलमान आफ्ना दुई भाई र पिता सलीम खानको साथमा कार्यक्रमको प्रोमोटको लागि पनि हिडिसकेका छन् । यता कपिलले कार्यक्रमको क्रममा दिएको स्क्रिप्ट भन्दा बाहिर गएर बीचमै आफुले कमेन्ट गर्ने बानी छ ।

आइतबारको एक भागमा शर्माले एक दर्शक महिलासँग यस्तो व्यवहार गरे कि त्यो बिषय सलमान खानको कानसम्म पुगेको छ । कार्यक्रमको बीचमा कपिलले त्यहाँ आएकी महिला दर्शकलाई उनको सुन्दरताको टिप्पणी गरे, जब ती महिलाले म आफ्नो बुवासँग आएको छु भनिन् तब पनि कपिलले आफ्नो गल्ती नसुधारी झन् भने कि ‘तपाईको बुवा नभएको भए म तपाईसँग झन् बोल्थें’ ।

यस कार्यक्रमको क्रियटिभ टिमको सम्पादनको क्रममा यो वाक्यलाई निकालिएको थियो तर पनि कपिलले भने यस वाक्यलाई लिएर कार्यक्रम प्रसारित गरे । यो समस्या सलमान खानका बुवा सलीम खानसम्म पनि पुग्यो । यही कार्यक्रमबाट नै कपिल शर्माले बीजेपी सांसद र बलिउड अभिनेता परेश रावलको पनि नराम्रो टिप्पणी गरेका थिए जसले गर्दा बीजेपी गुजरातका नेताहरु रिसाएका थिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस