आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगद र गरगहना चोरी

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ३९७ पाठक संख्या

दाङ  , माघ २ :  तुलसीपुरमा मंगलबार राति लाखौं रुपैयाँसहित गरगहना चोरी भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–२ मनिकापुरस्थित चुडामणी वलीको घरबाट २ लाख रुपैयाँ नगद, दुईवटा सुनको औँठी र डेढ तोलाको सिक्री चोरी भएको छ । प्रहरीका अनुसार करिब साढे ४ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

घरमा कोही नभएको समयमा ताला फोडेर चोरी भएको र घटनामा संलग्नको खोजी भइरहेको ईप्रका तुलसीपुरले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस