आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बर्दियामा प्रहरीले गोली चलायो

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं , माघ २ :  बर्दियामा गोली चलेको छ । हत्या आरोपीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । पक्राउ पर्नेमा युवराज गिरी छन् ।

यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो ।

घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।  इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग आरोपी गिरीको बर्दियामा जम्काभेट भएको थियो । भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस