आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजदूतबारे भोलि सुनुवाई हुने

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं , माघ २ :  प्रतावित ४ राजदूतबारे बिहिबार सुनुवाई हुने भएको छ ।

सरकारले भारतको लागि निलाम्बर आचार्य, मलेशियामा उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि डा. अञ्जान शाक्यलाई राजदूत सिफारिस गरेको छ ।

उहाँहरुलाई कात्तिक २५ गते राजदूत प्रस्ताव गरिए पनि संसदीय सुनुवाई बिशेष समितिबाट सुनुवाई हुन बाँकी छ ।  राजदूतबारे सुनुवाई गर्न बिहिबार बिहान ११ बजे संसदीय सुनुवाई बिशेष समितिको बैठक बस्ने छ ।

संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित नामलाई राष्ट्रपतिले स्वीकृत गरेपछि मात्र राजदूतका लागि योग्य हुने संबैधानिक व्यवस्था छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस