आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलात्कार गर्ने श्रीमान् कारागार चलान

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ३४७ पाठक संख्या

ताप्लेजुङ , माघ २ :  आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमानलाई कारागार चलान गरिएको छ । जिल्लाको सिरीजंगा गाउँपालिकाका २० वर्षीय  पुरुषलाई अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

गत असोज ८ मा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको भन्दै श्रीमतीले जाहेरी दिएकी थिइन् । श्रीमतीको जाहेरी पश्चात् जिल्ला प्रहरी कार्यालयले पुस ४ गते पक्राउ गरेको थियो ।

प्रहरीले अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गरी अदालतमा पेस गर्दा अदालतले मङ्गलवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस