आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुस्लान सिमरा गोल्डकपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र मकवानपुर भिड्ने

AuthorAP Khabar२०७५ माघ ३, बिहिबार (५ साल अघि) ६७३ पाठक संख्या

सिमरा , माघ ३ : रुस्लान सिमरा गोल्डकपको दशौं संस्करण बिहिवार देखि सुरु हुदैछ । आयोजक नव जनजागृति युवा क्लबले बुधवार सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लब र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात ए डिभिजनर तीन मोफसल गरी १० टिमको सहभागिता रहनेछन् ।

क्लबका अध्यक्ष कासिम मियाका अनुसार प्रतियोगितामा ए डिभिजनको साविक बिजेता त्रिभुवन आर्मी क्लबसहित रुस्लान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब सहभागिता जनाउनेछन् । यसैगरी आयोजक जनजागृतिसहित मोफलसलको बिशाल मेमोरियल फाउण्डेशन र मकवानपुर ११ सहभागी हुनेछन् ।

प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछन् । पुरस्कार राशीमा आयोजकले यस वर्ष ५० हजार बृद्धि गरेको छ । अघिल्लो वर्ष बिजेताले पाँच लाख ५१ हजार र उपबिजेताले दुई लाख ५१  हजार प्राप्त गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्रदान गरिने भएको छ । प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने विधागत पुरस्कार राशीमा यस वर्ष पाँच हजार थप गरिएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

आयोजकले यस वर्ष खेल उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी मध्ये एकजनालाई उदयीमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ । प्रतियोगितामा सहभागी टिममध्ये १६ वर्षसम्मका एक खेलाडीको हौसला बढाउन उदयीमान खेलाडी चयन गर्न लागिएको महासचिव ठकुरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस