आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अप्रेशन कक्षमा डाक्टर र नर्सः अवस्था यस्तो छ ! भिडियो भाइरल

AuthorAP Khabar२०७५ माघ ३, बिहिबार (५ साल अघि) ४२३ पाठक संख्या

काठमाडौं  , माघ ३ : भारतमा अनौठो घटना सार्वजनिक भएको छ । एक अस्पतालको अप्रेसन थिएटरमा डाक्टर र नर्सले एकआपसमा चुम्बन गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मध्यप्रदेशको उज्जेन जिल्ला अस्पतालमा एक सिभिल सर्जनले सहकर्मी नर्स मानिएकी एक महिलालाई चुम्बन गरेको आरोपमा पदबाट बर्खास्त भएका छन् ।

सिभिल सर्जन र नर्सको चुम्बन गरिरहेको भिडियो सोसल मिडियामा भाइरल भएपछि उनीहरुलाई पदबाट बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ । यसमा तत्काल कारवाही गर्दै उज्जेन जिल्लाका ‘कलेक्टर’ले डाक्टरलाई पदबाट बर्खास्त गरेका छन् । कलेक्टर शसांक मिश्राका अनुसार डाक्टरलाई जिल्ला अस्पतालको सिभिल सर्जनको पदबाट हटाइएको छ ।

ती सिभिल सर्जनको सट्टामा डा. पिएन वर्मालाई नियुक्त गरिएको उनले जानकारी दिए । अपरेशन थिएटरमा चुम्बन गरेको घटना सार्वजनिक भएपछि जिल्लाका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा. मोहन मालवीयले घटनालाई निकै गम्भीरतापूर्वक लिएको र यसको अनुसन्धानको आदेश दिइएको जानकारी दिए । जिल्ला स्वास्थ्य अधिकारी डा. मोहन मालवीयले भिडियोमा देखिएकी महिला अस्पतालकी नर्स भएको र उक्त चुम्बन अपरेशन थिएटरभित्र गरिएको उनले बताए । महिलासँग सोधपुछ भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस