आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वस्तिमा अभिनित ‘बुलबुल’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

AuthorAP Khabar२०७५ माघ ३, बिहिबार (५ साल अघि) ५६० पाठक संख्या

काठमाडौ  , माघ ३ : पछिल्लो समय फरक प्रचार शैलीको कारण चर्चामा रहेको चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । अहिले सम्मकै फरक लुक्स र भुमिकाका कारण स्वस्तिमाको चर्चा चुलिएकै थियो । सार्वजनिक ट्रेलरमा समेत स्वस्तिमाले बोल्ने डायलग र भाषाको लवज अनौठो छ ।

चलचित्रमा स्वस्तिमा खड्का टेम्पो चालकको भुमिकामा देखिएकी छन् । ‘बुलबुल’ कलाकार मुकुन भुषालको डेब्यु चलचित्र हो । भुषालले ओस्कर इन्टरनेश्नल कलेजबाट स्नातक र भारतबाट अभिनयमा स्नातकोत्तर गरेका छन् ।

अवेकन फिल्मस्को ब्यानरमा बनेको चलचित्र ‘बुलबुल’लाई विनोद पौडेलले निर्देशन गरेका हुन् । ओस्कर कलेजका प्रबन्ध निर्देशक समेत रहेका पौडेल चलचित्रका लेखक पनि हुन् । अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गरेको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषालका अलवा बुद्घि तामाङ, जोयस पाण्डे, लक्ष्मी बर्देवा, उज्वल अधिकारी, दिपक क्षेत्री, एलिना कार्की लगायतको अभिनय छ । चलचित्र फागुन ३ गते दशभर रिलिज हुँदैछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस