आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अत्यधिक हिमपातका कारण १८ को मृत्यु

AuthorAP Khabar२०७५ माघ ४, शुक्रबार (५ साल अघि) ३२६ पाठक संख्या

भियना , माघ ४ : अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा पछाडि मृत्यु हुनेमा ५४ र ५८ वर्षका दुई जना पुरुष रहेका छन् ।

लिलिन्फेल्ड जिल्लामा केही दिनदेखि हिउँमा बेपत्ता भएकामध्ये दुई जनाको शव भेटिएको हो । उनीहरु यही जनवरी ५ देखि बेपत्ता भएका थिए । त्यसैगरी शनिबारदेखि बेपत्ता भएका अर्का एक जनाको शव बुधबार भेटिएको थियो ।

समाचारमा जनाइए अनुसार लिच भन्ने ठाँउमा २८ वर्षीय एक जर्मन नागरिकको शनिबार मृत्यु भएको थियो । त्यसैगरी अरु तीन जना जर्मन नागरिक पनि आइतबार मृत अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् ।

खराब मौसमी अवस्थाका कारण हिमपात भइरहेकाले बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा कठिनाइ भएको उद्धारकर्मीहरुको भनाइ छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस