आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इन्डोनेसियालाई पराजित गर्दै नेपाल फाइनलमा

AuthorAP Khabar२०७५ माघ ४, शुक्रबार (५ साल अघि) ४१८ पाठक संख्या

काठमाडौं  , माघ ४ :  थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यास क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई फराकिलो अन्तरमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा नेपालले इन्डोनेसियालाई ९२ रनको अन्तरमा पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसियाले ११ ओभरमा २७ रन मात्र बनाउन सक्यो ।

इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाएपनि अरू खेलाडीले ५ रनको स्कोर समेत कटाउन सकेनन् ।

नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् । यस्तै, कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए ।

यसपटक नेपालले बनाएको १२० रनको योगफल टि(२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टिमले बनाएको सर्वाधिक योगफल समेत हो । यो जीतसँगै १२ वर्षपछि पहिलो पटक नेपालको सिनियर महिला क्रिकेट टोली फाइनलमा प्रवेश गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस